सोलु करिडोर १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं। सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न

सम्बन्धित सामग्री

५ वर्षमा पनि सकिएन सोलु करिडोरको निर्माण कार्य, छैटौँ पटक म्याद थपिँदै

जेठ १८, सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले छैटाँै पटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरेको आयोजनाले पुनः छैटौँपटक म्याद थपका लागि फाइल अघि बढाएको हो । सन् २०२१ मेमा काम सक्ने शर्तमा पाचौँपटक म्याद थप गरेको आयोजनाले पुनः तीन महीनाका लागि समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । उनका अनुसार जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भए पनि  स्थानीयवासीको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो । सिरहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ ओटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ ओटामात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जानकारी दिएको छ । आयोजना प्रमुख गौतमका अनुसार अन्य १० ओटा टावरको फाउण्डेशन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयवासीले अवरोध गरेका छन् । उदयपुरको मरुवामा १० ओटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको प्रमुख गौतमको भनाइ छ । उनीहरुले मुअब्जाको माग गर्दै काम अगाडि बढाउन नदिएको बताइएको छ । यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ । बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्रभित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा दुई किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जानकारी दिएको छ । प्रसारण लाइन क्षेत्रमा मुआब्जा दिनुपर्ने स्थानीयवासीको मागपछि तार तान्ने काम रोकिएको बताइएको छ ।  स्थानीयवासी र आयोजनाबीच कुरा नमिल्दा तीन महिनादेखि निर्माणको काम ठप्प बनेको छ । आयोजनाले स्थानीयवासीको चित्त बुझाउन नसक्दा सोलुखुम्बुमा उत्पादन भएको सयौँ किलोवाट विद्युत् खेर गएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना २३ दशमलव ५ मेगावाटले अहिले पाँच मेगावाट मात्रै उत्पादन गरिरहेको आयोजनाले बताएको छ ।  यसलाई तिङ्लामा रहेको ३३ केभी सबस्टेशनबाट ओखलढुंगाको रुम्जाटारमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । यो १३२ केभी प्रसारण लाइनको विकल्पका रूपमा प्रयोग गरिएको हो । यससँगै जिल्लालाई विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा ११, ३३ र १३२ केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । करीब एक वर्षअघि नै उक्त सबस्टेशन तयार भए पनि करिडोरको काममा बिलम्ब हुँदा समस्या भएको हो । यस्तै, तल्लो सोलुखोला जलविद्युत् आयोजना ८२ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । यता सोलुखोलामा नै निर्माणाधीन अवस्थामा रहेको बेनी हाइड्रोपावर १९ दशमलव ५ मेगावाटको कामसमेत अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए ।  यी आयोजनाको काम यसअघि नै निर्माण सम्पन्न हुने भए पनि विद्युत् लाइनको काम सम्पन्न नुहँदा ढिलाइ भएको सम्बन्धित आयोजनाको दाबी छ । विद्युत् निर्माण सम्पन्न भए पनि प्रसारण लाइन नहुँदा कम जनशक्तिमा काम भइरहेको तल्लो सोलुखोला जलविद्युत् आयोजनाका कविराज पौडेलले बताए । यस्तै सोलुखोला दूधकोशी हाइड्रोपावर ८६ मेगावटको काम पनि धमाधम भइरहेको छ । सोलुखोलामा मात्रै आधा दर्जन हाइड्रोपावर निर्माणाधीन अवस्थामा छन् । यी आयोजना निजी क्षेत्रको लगानीमा निर्माण हुँदैछन् । रासस