नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरका तुइन विस्थापित गरेर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार सहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले पश्चिम नेपालमा खोलामा झोलुंगे पुल नहुँदा तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुंगे पुल बनाउने बताएका हुन् ।