मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

काठमाण्डाै – आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ । आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनु...

सम्बन्धित सामग्री

आज हिजोअस्तिको जस्तो अति ठूलो पानी नपर्ने तर बाढी पहिराेकाे जाेखिम कायमै

काठमाण्डाै - आज हिजोअस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असर कम हुँदै गएकाले हिजो अस्तिको जस्तो आज अति ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।  तर, मनसुन सक्रिय रहेकाले आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अति ठूलो वर्षाको सम्भावना नरहे पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन मौसमिवद्को आग्रह छ । ह...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबार बिहानैदेखि देशभर  पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राती प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविद

मध्य र उच्च पहाडी क्षेत्रमा पहिरोको जोखिम

यसपालि पनि अघिल्ला वर्षभन्दा मनसुन छिटो सुरु भएको छ । प्रदेश १, मधेस र वाग्मती हुँदै एक–दुई दिनअघि मात्रै मनसुन गण्डकी प्रदेश प्रवेश गरेको हो । विभिन्न भागमा वर्षासमेत भइरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिसकेको छ । मनसुन पूर्वबाट सक्रिय हुँदै पश्चिमतिर गइरहेकाले बुधबारसम्म धेरै स्थानमा वर्षा हुने महाशाखाको आकलन छ । मनसुन सक्रिय बन्दा हुने वर्षाका कारण पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले ध्यानाकर्षण गराएका छन् ।

विपद्मैत्री निर्माण नहुँदा पहिरोको जोखिम बढिरहेको छ

यतिबेला मनसुनजन्य घटनाहरू ठाउँठाउँमा घटि नै रहेका छन् । नेपालका कतिपय पहाडी क्षेत्रहरूमा पहिरोको जोखिम बढिरहेको छ । मनसुन सक्रिय भइरहँदा पहिरोको जोखिम पनि उति नै छ । मनसुन सुरु भएको एक महिनामै पहिरोका कारण २४ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्षमात्रै पहिरोका कारण २१९ जनाले ज्यान गुमाएका छन् । […]

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा धेरै ठूलो वर्षा हुने

काठमाण्डाै - अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । यस्तै, आज वाग्मती प्रदेश र प्रदेश-१ मा पनि ठूलो पानी पर्ने उहाँले बताउनु भयो । मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देश...

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम : सतर्कता अपनाउन मौसमविदको सुझाव

मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । लगातारजसो झरी पर्न थालेपछि जमिन भिज्न थालेको छ । जमिनले पानी सोसेपछि पहाडमा पहिरो र तराईमा बाढी तथा डुबान हुन थालेको मौसमविद् बरुण पौडेलले बताउनुभयो । ठूलो पानी परेको बेला नदी तथा खोलाखोल्सामा एक्कासी पानीको बहाव बढ्ने, पहाडमा पहिरो खस्ने, ढलको उचित निकास नभ...

मनसुनसँगै पहिरोको जोखिम

भूक्षय र जलजन्य प्रकोपका दृष्टिकोणले प्रदेशकै जोखिमयुक्त जिल्ला ओखलढु्ङ्गामा मनसुन सुरु भएसँगै पहिरोको जोखिम बढेको छ। केही दिनयता मनसुन सक्रिय भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको हो। यही असार ७ गते राति परेको वर्षाका कारण गएको पहिरोमा पुरिएर विलन्दुमा एकै परिवारका चार जनाको मृत्यु भयो। चम्पादेवी गाउँपालिका–८, विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उहाँकी २९ वर्षीय श्रीमती शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको थियो। गाउँभन्दा माथिबाट आएको पहिरोका कारण अन्य १० घर उच्च जोखिममा परेका छन्। विलन्दुको गुरुङगाउँ स्थान्तरणको काम भइरहेको छ।

तपार्इंको क्षेत्रमा बाढी अाउँदै छ कि ? यसरी थाहा पाउनुहोस्

१८ असार, काठमाडौं । वर्षायाम सुरु भएसँगै मनसुन सक्रिय भएको छ । अविरल वर्षासँगै देशका केही ठाउँमा डुवान भएको छ । खहरेखोला र नदीहरुमा पानीको सतह बढेको छ । बाढी र पहिरोको जोखिम पनि उतिकै छ । तपाईंको घर नजिकै पनि सानाठूला खोला र नदीहरु छन् भने सतर्क हुनेवेला आएको छ । पानीले …