काठमाडौँ। फिल्म ‘राधा’को निर्माण टिमले प्रदर्शन रोक्ने निर्णय गरेको छ। हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै सो फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको हो।
मंगलबार ललितपुरमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्देशक सुवर्ण थापाले फिल्मको प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएको बताए।