सानिमा बैंकले अब निक्षेप खातामा मासिक व्याज दिने

काठमाडौं । सानिमा बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गरी अब निक्षेप खाताहरुमा मासिक व्याज प्रदान गर्ने भएको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अष्ट्रेलियन डलर आदिका खाताहरुमा महिनै पिच्छे व्याज दिन लागेको जानकारी दिएको छ । यो योजनामा बचत खाता, कल खाता तथा सम्पूर्ण खताहरुमा […]

सम्बन्धित सामग्री

बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब

संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने क्रममा बुधबार एकीकृत निर्देशन संशोधन गर्दै जारी गरेको नयाँ व्यवस्थाअनुसार बोलकबोललगायत संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ।बैङ्कहरूले यसरी संस्थागत निक्षेप

सानिमाका खातामा मासिक ब्याज साथै बम्पर धमाका योजना

सानिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक व्याज प्रदान गर्ने भएको छ।

नेपाल बैंकको एनआरएन निक्षेप खाता, यस्ता छन् विशेषता

नेपाल बैंकले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी एनआरएन निक्षेप खाता संचालनमा ल्याएको छ । विदेशमा वस्ने गैरआवासीय नेपालीहरुले अनलाइनबाटै नेपाल बैंकमा बिदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् ।अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिईने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिईनेछ भने अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने ब्यबस्था गरिएको बैंकले जनाएको छ । बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो वरावरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ ।एनआरएन खाता गैरआवासीय नेपालीहरुले एकल तथा संयुक्तरुपमा तथा गैरआवासीय नेपालीबाट प्रबर्द्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिनेछ ।बैंकले हाल देशभर २१३ शाखा, १४८ एटिएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

२० वर्षसम्म दावी नपरेका निक्षेप विकास कोषमा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले  २० वर्षसम्म लिन बुझ्न नआएका/दावी नपरेका निक्षेप राष्ट्र बैंकको बैकिङ्ग विकास कोषमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहौरलाई निर्देशन द्दिएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ को उपदफा (३) र दफा ११२ को उपदफा (३) बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका/दावी नपरेका निक्षेप  कोषमा जम्मा गर्नेको लागि राष्ट्र बैंकले निर्देशन जारी गरेको हो।जस अनुसार बीस वर्षसम्म बुझ्न नआएमा सो रकम नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोष (अनक्लेम्ड डिपोजिट) अन्तर्गत तोकिएको हिसावमा जम्मा गर्नु पर्नेछ ।  यसरी बैंकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ। बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रकृया पुरा गरी राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गरिसकेको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रकृया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित यस बैंकमा दावी पेश गर्नु पर्नेछ । आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विना व्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा भएको रकम बैंकिङ्ग विकासमा प्रयोग गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

कात्तिकमा सवा ३५ अर्ब निक्षेप घट्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । कात्तिक महिनामा २७ वटा वाणिज्य बैंकहरूको निक्षेप ३५ अर्ब ३१ करोडले घटेको छ । वाणिज्य बैंकहरूले तरलता व्यवस्थापनका लागि निक्षेपमा व्याज वृद्धि -

सिभिल बैंकले मुद्दती निक्षेपमा ९ प्रतिशत व्याज दिने

सिभिल बैंकले ग्राहकलाई ९ प्रतिशत सर्वाधिक वार्षिक ब्याजदर दिने मुद्दती खाता ल्याएको छ । केही समय यता सिभिल बैंकले आक्रामक रुपमा निक्षेप संकलनमा केन्द्रित भएको छ । यसैबीच केही समयदेखि निक्षेपमा आकर्षक व्याज नपाएका लगानीकर्ताहरुलाई ९ प्रतिशत व्याज भएको मुद्दती निक्षेप खाता एक आकर्षक प्याकेज हुन सक्ने छ ।केही समय अघि कर्जाको आक्रामक रुपमा विज्ञापन […]