नेपाल बैंकको एनआरएन निक्षेप खाता, यस्ता छन् विशेषता

नेपाल बैंकले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी एनआरएन निक्षेप खाता संचालनमा ल्याएको छ । विदेशमा वस्ने गैरआवासीय नेपालीहरुले अनलाइनबाटै नेपाल बैंकमा बिदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् ।अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिईने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिईनेछ भने अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने ब्यबस्था गरिएको बैंकले जनाएको छ । बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो वरावरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ ।एनआरएन खाता गैरआवासीय नेपालीहरुले एकल तथा संयुक्तरुपमा तथा गैरआवासीय नेपालीबाट प्रबर्द्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिनेछ ।बैंकले हाल देशभर २१३ शाखा, १४८ एटिएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।