काठमाडौं : नेपाल भ्रमणमा रहेकी अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकारसम्बन्धी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्।शुक्रबार काठमाडौं आएकी जियासहितको टोलिले आज बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो। उक्त वार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए। भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको बताइएको छ। आज स्वदेश फर्कनु पहिले उनले आइतबारै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री