खोटाङ - खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा हिजो भएको आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा, कपडा र नगद ५० हजारसहित एक करोड ४१ लाख ७७ हजार, छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजारसहित २० लाख ४० हजार, शुभराज राईको घर र राईको घरमा भाडामा बसिरहेका गाउँपालिका अध्यक्ष समिर राईको कपडा, पुस्तक र किराना पसल, न...