नेपालमा डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार डेंगु विरुद्धको उपचार र औषधि छैन ।तर, डेंगु संक्रमणका कारण ज्वरो आएकाहरुले नियन्त्रणका लागि सिटामोल प्रयोग गर्दै आएका छन् । डेंगु संक्रमितले ज्वरो आउन कम नहुन्जेल चिकित्सकको सल्लाहमा लगातार सातादेखि दश दिनसम्म सिटामोल प्रयोग गर्नुपर्छ । यस्तै, परिवारको एक जना सदस्यमा डेंगु देखिएपछि लक्षण नदेखिएका अन्य सदस्यहरुले परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएमा पनि चिकित्सकको सल्लाहमा सिटामोल प्रयोग गर्ने बढेका