काभ्रे : जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारले काभ्रेमा सिटामोलको अभाव नभएको बताएका छन्। उनले जिल्लाका औषधि पसलहरूमा अनुगमन गर्दा काभ्रेमा सिटामोलको अभाव नभएको पाइएको बताएका हुन्।जिल्ला प्रशासन कार्यालयको सहायक प्रजिअ सुनुवार नेतृत्वको टोलीले बजारमा सिटामोलको अभाव भएको जनगुनासो बढेपछि औषधि पसलको अनुगमन गरेका थिए।‘जिल्लाको मुख्य बजार बनेपाको १४ वटा मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरिएकोमा सिटामोलको अभाव कतै देखिएन,’ उनले भने, ‘अहिले जिल्ला