धनगढी : दार्चुलामा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-२ रौतेउडामा ना ५ ख १८०८ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यालयबाट फर्कने क्रममा स्थानीय महेश कपाडीका ६ वर्षीय छोरा अमृत कपाडीको घटनास्थलमै मृत्यु भएको हो। उनको मृत्यु भएपछि स्थानीयले बस जलाएका छन्। चालक फरार भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।