महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा संघ र विद्यार्थी संगठनले शुक्रबार चीनविरुद्ध प्रदर्शन गरेको छ ।चीनले नेपालको ११ ठाउँमा चीनले भूमि अतिक्रमण गरेको दावी गर्दै सो प्रदर्शन गरेको छ । नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गराउन माग गर्दै सो विरोध प्रदर्शन गरिएको युवा नेता मुकेश झाले बताए ।सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्