जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपनि महन्थ ठाकुर पक्षको कार्यकारिणीलाई के गर्ने भनि पार्टीमै अन्योल कायमै छ ।जसपा कार्यकारिणी समितिको बैठक हिजोदेखि जारी रहेपनि यसबारे कुनै निर्णय भइसकेको छैन । नेताहरुका अनुसार जारी बैठकको माइन्युटमा अझै महन्थ ठाकुर पक्षको नाम राखिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार जसपा कार्यकारिणी समितिको माइन्युटमा ५१ जना सदस्यको नाम नै उल्लेख रहेको हो। तर उनीहरुलाई बैठकमा भने बोलाइएको थिएन । आधिकारिकताका लागि उपेन्द्र यादवको पक्ष