जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निकट सांसदहरूको बैठक शुक्रवार बिहान बस्दैछ ।
महन्थ ठाकुर निकट रहेका सांसदहरूलाई पार्टी कार्यालयमा १० बजे बोलाइएको हो ।
सांसदहरू अहिले पार्टी कार्यालय बबरमहलमा भेला भइरहेका छन् ।
राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत सरकार गठनका लागि आज बेलुका ५ बजे सम्मको समय दिएकाले सांसदहरूलाई बैठकका लागि बोलाइएको जसपाका एक सांसदले बताए।
‘संसदीय दलको बैठक नै भन्नु भन्दा पनि सांसदहरूलाई अहिलेको परिस्थितिमा छलफल गर्नका लागि बोलाइएको हो...