राजमार्गका प्रचार सामग्री हटाइँदै

चितवनको इच्छाकामना गाउँपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डमा प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृत रूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो ।एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए ।“गाउँपालिकालाई कर तिरेर व्यवस्थितरुपमा र

सम्बन्धित सामग्री

महानगरमा अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई जरिवाना

काठमाडौँ महानगरपालिकाले अनधिकृत रुपमा प्रचार सामग्री टाँस्ने तीन जनालाई जरिवाना तिराएको छ । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने कार्यमा संलग्न तीन जनालाई आज कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले प्रशासनिक...

राजमार्गका प्रचार सामग्री हटाइँदै

चितवन- इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो । एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने […]

भक्तपुरमा चुनाव प्रचार सामग्री हटाईंदै

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचार संहिता विपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ ।

कञ्चनपुरमा आचारसंहिताविपरीत उम्मेदवारका प्रचार सामग्री

कञ्चनपुर : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा गरिरहेका छन्।जिल्लाका सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन र निजी आवासमा उम्मेदवारको निर्वाचन चिह्नअंकित प्रचार सामग्री टाँसिएका छन् । अटो रिक्सा, नीजि सवारी साधन, ढुवानीका साधनमा समेत उम्मेदवारको चुनाव चिह्नअंकित झण्डा राखिएका छन्।  झलारी, दैजी, सुडा, महेन्द्रनगर, गुलरिया, बेलौरी, चवन्नी, आईबीआरडी लगायत बजार क्षेत्र र ग्रामीण क्षेत्रमा दलहरूले प्रचार सामग्री झुण्डाएका छन्।यस्तै निर्वा

सार्वजनिक स्थानमा काँग्रेस उम्मेदवारको प्रचार सामग्री

निर्वाचन आचारसंहित विपरीत तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाणले सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको पाइएको छ । निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक ठाउँमा उम्मेदवारको प्रचार सामग्री राख्न पाइँदैन । उम्मेदवार खाणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखेको पाइएको हो । निर्वाचन आयोगले यही १९ वैशाखमा सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयलाई पत्र

चुनाव प्रचार सामग्री बनाउन भ्याई नभ्याई (फोटो फिचर)

१४ वैशाख, काठमाडौं। ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनका लागि राजनीतिक दलका चुनाव प्रचार सामग्री बनाउन यतिबेला बागबजारका आर्ट पसलहरुमा भ्याइ नभ्याइ छ । आर्ट पसलहरुमा जताततै चुनाव प्रचार सामग्री झण्डा, क्याप, ब्याच, टिसर्ट लगायत बनाउन व्‍यस्त देखिन्छन् । बागबजारमा रहेको कामना आर्टसका नरेश चौधरी चुनाव नजिकिदा विभिन्‍न राजनीतिक दलका प्रचार सामग्री छाप्‍न भ्‍याई नभ्याई […]

नेपालगञ्जमा प्रचार सामग्री हटाइयो

आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार सामग्री हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो ।नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, बोर्ड, फ्लेक्स बोर्ड, झण्डा, ब्यानर प्रहरीले हटाएको हो ।

प्रहरीले हटायो उम्मेदवारको प्रचार सामग्री

२६ मंसिर, काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय समितिमा उम्‍मेदवारी दिएका नेताहरुको प्रचार सामग्री प्रहरीले हटाएको छ । प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालय क्षेत्रमा टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री प्रहरीले हटाएको हो । प्रदर्शनी मार्ग प्रवेश गर्ने सडकदेखि नै उम्मेदवारहरुले आफ्नो प्रचार सामग्री तुल, ब्यानर बनाएर टाँगेका थिए ।

भृकुटीमण्डपबाट हटाइयो उम्मेदवारको प्रचार सामग्री

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका नेताहरुले महाधिवेशनस्थल भृकुटीमण्डपबाट प्रचार सामग्री हटाएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । तर उम्मेदवारहरुले महधिवेशनस्थल भृकुटीमण्डपमा आफ्नो प्रचार गरिसकेका थिए । कांग्रेसको निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारले प्रचार प्रसार गरेको भन्दै आलोचना भएपछि नेताहरुले प्रचार सामग्री हटाएका […]

कांग्रेस महाधिवेशनस्थलमा आचारसंहिताविपरीत प्रचार सामग्री

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहितविपरीत उम्मेदवारका प्रचार सामग्री राखिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आचारसंहिता अनुसार महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय मिटर वरिपरि प्रचार सामग्री राख्न पाइँदैन । आचारसंहितामा ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेट टाँस्न नपाइने उल्लेख छ । तर, भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्वीर अंकित प्रचार […]