कञ्चनपुर : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा गरिरहेका छन्।जिल्लाका सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन र निजी आवासमा उम्मेदवारको निर्वाचन चिह्नअंकित प्रचार सामग्री टाँसिएका छन् । अटो रिक्सा, नीजि सवारी साधन, ढुवानीका साधनमा समेत उम्मेदवारको चुनाव चिह्नअंकित झण्डा राखिएका छन्। झलारी, दैजी, सुडा, महेन्द्रनगर, गुलरिया, बेलौरी, चवन्नी, आईबीआरडी लगायत बजार क्षेत्र र ग्रामीण क्षेत्रमा दलहरूले प्रचार सामग्री झुण्डाएका छन्।यस्तै निर्वा