उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छबिसेको कालिका माविबाट मतपेटिका र मृतकको शव उठाउने सहमति भएको छ । वैशाख ३० मा स्थानीय तह निर्वाचनको मतदान सकिएपछि भएको झडपमा प्रहरीले गोली चलाउँदा स्थानीय वीरबहादुर कटुवाल ‘नविन’ले ज्यान गुमाएका थिए । सर्वदलीय र सर्वपक्षीय बैठकपछि मतपेटिका र मृतकको शव उठाउने सहमति भएको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । दलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका र शव कटारीमा ल्याउँदै छन् । ‘मृतकको शव पोष्टमार्टम गर्न कटारी लिएर ज