हेलिकप्टर मार्फत मतपेटिका ल्याइँदै

व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको  । दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो ।

सम्बन्धित सामग्री

हुम्लामा मतपेटिका सङ्कलन गर्न हेलिकप्टर

सुर्खेत- हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ। दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो। दूर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकोप्टरमै ढुवानी गर्न सहमति दिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले […]

हुम्लामा मतपेटिका सङ्कलन गर्न हेलिकप्टर

काठमाडौँ,६ मँसिर । हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो । दूर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकोप्टरमै ढुवानी गर्न सहमति दिएको प्रमुख […]

उत्तरी गोरखामा मतपेटिका हेलिकप्टरबाट ल्याइयो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी सुरु गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए । सो क्षेत्रमा रहेको २२ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी हुने उनले बताए ।

हुम्लामा हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिँदै

हुम्ला : हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ। सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो। यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। लिमीको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पुर्‍याइएको थियो । यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो।लिम

उत्तरी गोरखाको मतपेटिका ढुवानीमा हेलिकप्टर माग

२३ कात्तिक, गोरखा । चीनसँग सिमा जोडिएको गोरखाको चुमनुव्री गाउँपालिकाको मतपेटिका ढुवानीका लागी हेलिकप्टर माग गरिएको छ । निर्वाचनपछि मतपेटिका हेलिकप्टरबाट मतगणना स्थलसम्म ल्याउने व्यवस्था मिलाइदिन माग गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । ‘यही कात्तिक ३ गते जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्‍यौ,’ समिति संयोजकसमेत रहेका प्रजिअ आचार्यले भने, ‘सोही […]

साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

बझाङ – बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। ‘सडक सञ्जालले साइपाल जोडिएको छैन,’ उनले […]

साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।...

छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टरबाट ल्याईँदै

दार्चुला, बैशाख ३१। दार्चुलाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको । दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला […]

तिलाको खोप्रीबाट मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक

समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको उक्त मतदानस्थल सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिन्छ। उक्त मतदानस्थल गाउँपालिकाको कार्यालयबाट सात घण्टा टाढा रहेकाले मतदान कार्य सम्पन्नपश्चात् मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय जुम्...

जुम्लाको तिलाबाट मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लाको तिला गाउँपालिका–९ खोप्री मतदानस्थलबाट मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक देखिएको छ । समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको उक्त मतदानस्थल सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिन्छ ।उक्त मतदानस्थल गाउँपालिकाको कार्यालयबाट सात घण्टा टाढा रहेकाले मतदान कार्य सम्पन्नपश्चात् मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन् ।“हामीले सडक डिभिजन कार्