काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धनमा प्रधानमन्त्रीका निम्ति कुनै झगडा नहुने दाबी गरेका छन् । ‘जनताले पाँच दलीय गठबन्धनलाई दुई तिहाइ बहुमत त म भन्दिनँ, त्यसको नजिकको सिट दिन्छन् । यो गठबन्धन सत्तामा पुग्नका लागि मात्र होइन, मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरताका निम्ति हो । […]