नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो । सहमति अनुसार सचिवालय बैठक मङ्गलबार बस्ने छ ।