जनक बिसी
राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता रक्षा
हाम्रो प्रमुख एजेन्डा हो
जब शाषकहरूले षड्यन्त्र गर्दै जान्छन्
संसारभरि बल्छ मसाल ।
कम्युनिस्ट भनेर श्रमजीवी जनताले
दुईतिहाइ अभिमत दिए
कम्युनिस्ट होइनन्
दलाल पुँजीपति वर्गका प्रखर एजेन्ट हुन्
संसारभरि बल्छ मसाल ।
प्रधानमन्त्री ओली
सिंहदरबार बालुवाटार छु भन्छन्
प्रचन्ड, माकुने र झलनाथहरू “हामी यता छौँ”
तर समृद्ध देश बनाउने नारा बकवास हो
संसारभरि बल्छ मसाल ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी
भारतीय साम्राज्यवादले हस्तक्षेप गर्दा
चुच्चे नक्सा निकाल्छन यता
उता दिल्ली दरबार पालैपालो धाई
‘हामी त तपाईंहरूकै
लेन्डुपेले सिक्किम दिएझैँ
नेपाल देश भारतमा विलय गराउने
नयाँ लेन्डुपे हौँ’ भनेर
श्रमजीवी नेपाली जनतालाई धोका दिँदा
संसारभरि बल्छ मसाल ।