काठमाण्डाै – कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आईएमईको २२ औँ साधारण सभा सम्पन्न भएको छ ।
नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आईएमईले आज शुक्रवार काठमाण्डाैकाे एक होटलमा सम्पन्न गरेको २२ औँ साधारण सभाले याे प्रस्ताव पारित गरेको हो । योसँगै आईएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।
साधारण सभामा बाेल्दै आईएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शु...