मतदान गर्न ज्येष्ठ नागरिकहरु उत्साही (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । काठमाडौंमा पनि उत्साहित भएर मतदाताहरु मतदानमा सहभागी भएका छन् । प्रदर्शनी मार्गमा रहेको वाल्मिकी विद्यापीठ मतदान स्थलको मतदान केन्द्रमा ज्येष्ठ नागरिकहरु पनि मतदान गर्न उत्साहित देखिएका छन् । Photo : Dinesh Chaudhary

सम्बन्धित सामग्री

तनहुँ क्षेत्र नं १ मा ९३ वर्षीय वृद्धले गरे मतदान

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गरेका छन्।...

मतदान सुरु, मतदान केन्द्रमा मतदाताको सङ्ख्या बढ्दै

काठमाण्डौ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु भएको छ ।  देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका  ५ बजेसम्म भोट हाल्न पाइने छ  । मतदान केन्द्रमा भोट हाल्नका लागि  मतदाता पुगेका छन् । मतदाताको सङ्ख्या बिस्तारै बढ्दै छ । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भोट हाल्न लाइन बस्नु पर्दैन ।  अपाङ्गता भएकाहरूका लागि पनि विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ ।&nb...

यी नागरिकले लाइनमै नबसी मतदान गर्न पाउनेछन्

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची तयार पारेको छ ।आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरेको जनाएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

दाङ, ३० बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेका छन् । शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेका हुन् ।

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् । शर्माले राप्ती–३  मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेकी हुन् ।

११३ वर्षीया अधिकारीद्वारा मतदान

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले  मतदान गरेकी छन्।

इलाममा ५० प्रतिशत मत खस्यो, मतदान जारी

स्थानीय सरकारका प्रतिनिधि चयनका लागि ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तसहितका मतदाता सहभागी भइरहेको इङनामले बताउनुभयो ।

ह्वीलचियर र लौरोको सहारामा मतदान (फोटो फिचर)

केही ठाउँमा झडप र तनाव भए पनि देशभर उत्साहजनक रुपमा मतदान भैरहेको छ । मतदानमा अशक्त, अपांगता भएका नागरिक, वृद्धवृद्धाको पनि उल्लेख्य सहभागिता छ । धेरै मतदान केन्द्रमा ज्येष्ठ नागरिक परिवार र आफन्तको सहारामा मतदान केन्द्रमा पुगेका छन् । लौरो टेक्दै जानेहरु पनि धेरै छन् । ह्वीलचियर गुडाउँदै भोट दिन जानेहरु पनि छन् ।   बाेकेर मतदानस्थलसम्म ल्याइँदै मतदाता मतदान गर्न आइपुगेका बृद्धबृद्धा तस्बिर : उज्यालाे सहकर्मीहरू

उपत्यकाका ज्येष्ठ नागरिक अझै पर्ख र हेरको अवस्थामा

काठमाडौं । एकातिर नयाँ थपिएका मतदातामा मतदानको अधैर्य प्रतिक्षा छ भने पटक पटक मतदान गरेर ६० वर्ष नाघेका ज्येष्ठ नागरिकले उम्मेदवार रोजाइमा आफ्नै प्राथमिकता तोकेका छन् । कोही मत नहाल्ने निधोमा पुगेका छन् त कोही चुनावी परिणाम बिर्सिएर जनता हुनुको धर्म पूरा गर्नुपर्ने अडान राख्ने छन् । कोही मतदाता त आफ्नो शाखा सन्तान नै राजनीतिमा […]