विद्युतीय गाडीको आयात बढ्यो, १ महिनामा ६२ करोडको आयात

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात रोकेपछि विद्युतीय गाडीको आयात वृद्धि भएको छ । चालू आवको पहिलो महिनामा नै २११ वटा विद्युतीय गाडी भित्रिएका छन् । सरकारले पहिलो महिनामा २१ करोड विद्युतीय गाडीबाट भन्सार उठाएको छ । अघिल्लो वर्षको साउनमा १०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा […]

सम्बन्धित सामग्री

रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो

रसुवा – चीनसँगको व्यापारिक नाका रसुवागढीबाट विद्युतीय गाडीको आयात बढेको छ । यातायातको पहुँचलाई सहज बनाउनका लागि नेपाली व्यापारी, व्यवसायीले चिनियाँ विद्युतीय गाडीको आयात गरिरहेका छन् ।  २०७५ चैतदेखि २०७८ मङ्सिर २७ गतेसम्म तीन सय १८ वटा विद्युतीय गाडी आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम मैनालीले बताउनुभयो । आयात गरिएका गाडीमध्ये ५४ वटा डबल क्याबिन पिकअप र दुई सय ६४ वटा कार रहेका छन् ।   आवाज र धुँवारहितका चिनियाँ कार नेपाल भित्रिएको हो । नाकाबाट आयात भएका ती गाडी भन्...

विद्युतीय सवारीको आयात बढ्यो

सरकारले विद्युतीय सवारीमा भन्सार छुटको व्यवस्था गरेसँगै आयात बढेर गएको छ । मुलुकभित्र विद्युत् उत्पादन बढ्दै गएकोले सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्युतीय गाडीमा मात्र १० प्रतिशत भन्सार महसुल रहेको छ । तर पेट्रोल र डिजेलबाट चल्ने गाडीको आयातमा २४० देखि ३०० प्रतिशतसम्म भन्सार महसुल रहेकोले पनि विद्युतीय गाडीको आयात बढेको हो । त्यस्तै, अन्य गाडी किन्दा ५० प्रतिशतमात्रै बैंक कर्जा पाइने व्यवस्था रहेको छ तर विद्युतीय गाडी किन्दा ८० प्रतिशत कर्जा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ । हालसम्म यातायत व्यावस्था विभागमा दर्ता भएका विद्युती सवारी साधनको संख्या ६ हजार ९ सय १ पुगेको छ ।