विद्युतीय सवारीसाधनको आयात वृद्धि

सरकारले विद्युतीय सवारीसाधनमा ६० प्रतिशतसम्म भन्सार छुट दिएपछि आयात वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा तीन हजार ६७५ वटा विद्युतीय सवारी कार, भ्यान र जिप आयात भएका छन् । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार ५० किलोवाटसम्मका पाँच खर्ब ८१ करोड २३ लाख ९२ हजार रुपियाँबराबरका दुई हजार २८ वटा ती सवारीसाधन आयात भएका छन् । ५२ वटा ५१ देखि एक सय किलोवाटसम्मका करिब २६ करोड २६ लाख ४२ लाख रुपियाँबराबरका विद्युतीय गाडी आयात भएका छन् ।