मकर मेलाका लागि सिंगारियो पनौतीको त्रिवेणीघाट क्षेत्र

काठमाडौं : काभ्रेको पनौतीस्थित त्रिवेणीघाट क्षेत्रको रुप अहिले फेरिएको छ। ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेलाको तयारी स्वरुप त्रिवेणीघाटमा भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्वार तथा रङगरोगनको काम भइरहेको छ। बाह्रवर्षे मकर मेला सुरु हुन अब दुई दिन मात्रै बाँकी छ। तर कोरोना संक्रमणलाई मध्यनजर गर्दै…

सम्बन्धित सामग्री

पनौती त्रिवेणीघाटमा मकर मेला झल्किने कलाकृति तयार हुँदै

धुलिखेल (काभ्रेपलाञ्चोक), १७ माघ । चित्रकार आयुश बज्राचार्य नेतृत्वको टोली त्रिवेणीघाट मन्दिर परिसरका घरका भित्ता कलात्मक चित्रले भर्न व्यस्त छ । यही काममा टोली करिब एक महिनादेखि नै लागिरहेको छ । टोलीले कोरेको चित्रकलामा पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्कन्छ । पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्रवर्षे मकर मेला र […]

मकर स्नानमा दर्शनार्थी

बनेपा, २७ माघ: बाह्रवर्षे मकर मेला लाग्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाट स्थलमा हुने मकर स्नानमा सहभागी हुँदै दर्शनार्थी । मकर स्नानको समय अन्तिमतिर आइपुग्दा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । मेला आगामी शनिबारसम्म चल्नेछ ।-तस्वीर : पेमा लामा-रासस

मकर मेलाले फेरियो पनौती‚ सिँगारियो त्रिवेणीघाट

काभ्रे : काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाट क्षेत्र सिँगारिएको छ। ऐतिहासिक र पुरातात्त्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एकपटक लाग्ने मकर मेलाको तयारी तीव्र रूपमा भएको छ।भोलि अर्थात् माघ १ गतेबाट पनौतीको त्रिवेणीघाटमा हर्षोल्लासका साथ एक महिना विशेष रूपमा मनाइने मकर मेलाका लागि भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्धार तथा रङरोगनले चिटिक्क देखिएको छ।मकर मेला नजिकिएसँगै पनौतीमा चहलपहल बढेको छ भने पनौतीको रूप पनि फेरिएको छ। त्यस्तै यतिवेला त्रिवेणीघाट क्षेत्रका मन्दिर र परिसर