पनौतीमा पुरानो शैलीका घर निर्माणलाई प्रोत्साहन

काभ्रेपलाञ्चोक । संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरूप आर्थिक सहयोगको योजना अगाडि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डअनुसारको निजी आवास बनाउनुपर्नेछ ।      योजनाअन्तर्गत वडा–७ का ६ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । पुरातत्व विभागले तोकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग दिन थालिएको जनाइएको छ ।      ‘संरक्षित क्षेत्रमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग दिन थालेका छौँ’, नगरप्रमुख भीम न्यौपानेले भने । उनका अनुसार पुरानो शैलीका घर बनाउँदा महँगो पर्ने भएकाले ऐतिहासिकता जोगाउन नगरले सहयोग थालेको हो ।   यसका लागि ९९ हजारदेखि ३ लाख ७८ हजारसम्म प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । प्रमुख न्यौपानेले भने, ‘प्रोत्साहन रकम दिन थालेपछि आवास पुनर्निर्माण गर्ने स्थानीयले पुरानै शैलीमा घर बनाउन थालेका छन् ।’ काभ्रेको उक्त नगरस्थित ७ नम्बर वडा विश्वसम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसंघीय अंग (युनेस्को) द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो ।       ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत गरिने जनाइएको छ । ‘सूचीकृत गर्न अन्तिम प्रक्रिया थालिएको छ’, प्रमुख न्यौपानेले भने, ‘यसका लागि मन्त्रिपरिषद्को निर्णयको पर्खाइमा छौं ।’ उनले मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्ने जानकारी दिए ।      पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य गत वर्ष नै अघि बढाइएको थियो । यसपछि युनेस्कोको नेपाल प्रमुख क्रिस्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरपालिकाले सो प्रक्रियाका लागि चालू आर्थिक वर्षमा १ करोड बजेटसमेत विनियोजन गरेको छ । ‘हामी बाह्रवर्षे मकर मेला अर्थात् आउँदो माघअगावै विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तयारीमा छौं’, प्रमुख न्यौपानेले भने । उनका अनुसार नगरपालिकाले चालू आर्थिक वर्षमा विश्वसम्पदामा सूचीकृत गराउन १ करोड बजेट छुट्याएको छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतका लागि मन्त्रालयगत प्रक्रिया सकिएको तर मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ ।      उनका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि सोही आधारमा युनेस्कोले पनौतीलाई विश्वसम्पदामा सूचीकृत गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्नेछ । हाल मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेका कारण प्रक्रिया लम्बिन सक्ने बताइएको छ । सूचीकृत प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम धमाधम भइरहेको छ । नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।       काभ्रेको पनौती विश्वसम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने जस्तै,  वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा सहरजस्ता धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ, जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ ।      युनेस्कोको नेपालस्थित निकायले २०५२ मै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्वसम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानको भनाइ छ । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनर्निर्माण भइरहेको छ । पनौती वडा–५, ६ र ७ नम्बरमा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा ०४८ देखि ०५५ सम्म ती मठमन्दिर, पाटीपौवा मर्मत एवं जीर्णोद्धार गरिएको थियो ।      पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ । ती हुन्, काठमाडौं उपत्यकाका सात क्षेत्र ः काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर ।  यस्तै, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । रासस

सम्बन्धित सामग्री

‘भाइरल घर’ बन्यो सिकर्मी घर

यो घर बसोबासको हिसाबले पनि तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ। चिसोमा धेरै चिसो नहुनु र गर्मीमा पनि गर्मी नहुनु नै यस्ता घरको विशेषता हो। यही कारण बुढाबुढीका लागि ढलानका आरसिसी घरभन्दा यस्ता घर बढी उपयुक्त मानिन्छन्।...

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

काठमाडौं । दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर […]

हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

सरकारले हरेक घर : ऊर्जा घर को अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । २०७५ सालको वैशाखमै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले श्वेतपत्र जारी गरी हरेक घर : ऊर्जा घरको अवधारणा ल्याएको हो।उक्त अवधारणामा ऊर्जा दक्षता कार्यक्रम र घरको छानामा राखिने रूफटप सौर्य ऊर्जालाई 'नेट मिटरिङ तथा नेट पेमेन्टको आधारमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यक्रमलाई अभियानको रूपमा अघि बढाइने उल्लेख छ। तर, अहिलेसम्म पनि यो कार्यक्रम कार्यान्वयन तहमा गएको छैन। पाइलट प्र

सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर बनाउँदिनँः सागर थापा

मोरङ – एमाले मेयर उम्मेदवार सागर थापाले विराटनगर महानगरमा रहेका सुकुम्बासीको घर नबुन्जेल आफ्नो घर नबनाउने घोषणा गरेका छन्। निर्वाचनका क्रममा सोमबार विराटनगरमा घरदैलो कार्यक्रममा उम्मेदवार थापाले आफू भाडाको घरमा बसिरहेको हुँदा सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर नबनाउने बताएका हुन्। महानगरभित्र २० हजार संख्यामा सुकुम्बासी रहेको बताएका थापाले जग्गा नभएकालाई जग्गा व्यवस्थापन गर्दै घर नबनाउन्जेल […]

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ ।आइतबारदेखि नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको […]

‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि […]

घर-घर जाऔँ, कांग्रेस जिताऔँ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ। आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो।...

घर

यस्तो घर पनि के घर ? यस्तो जिन्दगी पनि के जिन्दगी ? ऊ यस्तै केके सोचिरहन्थ्यो।

बाढीले चार घर बगायो, सात घर जोखिममा

गोरखा। चुमनुव्री गाउँपालिका—२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ। आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ। विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ।

पहिरोले बिर्घामा एक घर पुरियो, जोखिममा दुई घर

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित गौतमटोलमा पहिरोले एक घर पुरिएको छ। दुई घर जोखिममा रहेका छन्।स्थानीय दीपक नेपालीको पसल रहेको घर पुरिएको हो। चार दिनदेखि परेको अविरल वर्षासँगै माथिबाट झरेको पहिरोले घर पुरिएको बिर्घा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रिखाईप्रसाद चौधरीले बताए। पहिरो झर्ने खतरा भएपछि पसलबाट सबै सामग्री यसअघि नै निकालिएको थियो। सानो टिनको छाप्रो पुरिएको उनले बताए। मानवीय क्षति भने भएको छैन्। समयमै सचेतना अपनाएका कारण अन्य क्षतिसमेत बढी हुन पाएन।पह