पर्वत : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मिति नजिक गर्दा उम्मेदवारहरूले आफ्नो पक्षमा मत माग्न अपनाउने तरिका पनि फरक फरक हुँदै जान्छन्।निर्वाचनको मिति घोषणा भएपछिबाट राजनीतिक दलहरूमा बिस्तारै सलबल शुरु हुन्छ। टिकट पाउनका लागि दलका नेतालाई ढोग्नुपर्ने उम्मेदवारको बाध्यता छ। त्यो बाध्यता सकिएपछि शुरु हुन्छ मतदातालाई ढोग्ने काम। निर्वाचन जितेर गएपछि जनताका काम पूरा नगरेको, आफूले भनेको काम नगरिदिएको, आफ्नो कुराको सुनुवाइ नगरिदिएको लगायतका आरोप चुनाव जितेकाहरूले पाउँछन्।हुन पनि