प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् । “नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन”, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भन्नुभयो, “अघिल्ला चुनावमा …