नेपाल भारतबीचको फुटबल खेल बराबरीमा टुंगियो

नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको छ । मैत्रीपूर्ण फुटबल स्पर्धा अन्तगर्तको पहिलो खेलमा नेपालले सुरुवाती अग्रता बनाएपनि भारतले खेलमा फर्किदै गोल गरेपछि १–१ को बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि अञ्जन विष्टले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभयो । अनिरुद्ध थापाले ६० औं मिनेटमा गोल फर्काउँदा भारतले खेलमा वापसी गरेको थियो । उक्त गोल नै खेलको अन्तिम गोल रहन गयो ।

सम्बन्धित सामग्री

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाणडाै – नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजे सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्दैछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन् । त्यसबेला नेपाल २–१ गोलले पराजित भएको...

अर्जेन्टिनी स्टार हिगुइनले गरे सन्यास घोषणा

अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ को मृत्यु, १८० जना घाइते

काठमाडौं – इन्डोनेसियामा फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १८० जना घाइते भएका छन्। पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। खेलपछि हार्ने टोलीको समर्थक मैदानमा उत्रिएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। जसका कारण […]

ब्राजिल र अर्जेन्टिनाबीचको खेल मेलवर्न क्रिकेट ग्राउण्डमा हुने

७ वैशाख, काठमाडौं । ब्राजिल र अर्जेन्टिनाबीच आगामी जुन ११ मा अष्ट्रेलियामा फुटबल खेल हुने भएको छ । यस वर्षको सुपरक्लासिको अन्तर्गत दुई दक्षिण अमेरिकी राष्ट्रबीच अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी)मा फुटबल खेल हुने भएको हो । भिक्टोरिया सरकारले बुधबार एमसीजीमा खेल हुने पक्का भएको जनाएको छ । पाँच वर्षपछि ९५,००० फ्यानहरूले दक्षिण अमेरिकी फुटबल […]

चार ए डिभिजन क्लबले भने - एन्फाका कारण फुटबल खेल र खेलाडीमा दुर्घटना नहोस्

सहिद स्मारक ए डिभिजन लिग फुटबलका असन्तुष्ट चार क्लबले फुटबल खेल र खेलाडीमा दुर्घटना हुन नदिन आग्रह गरेका छन् । आइतबार शीर्ष डिभिजनको संकटा क्लब, न्युरोड टिम एन आए टी, थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेको हुन् । "एन्फाबाट भएको त्रुटीका कारण भविष्यमा फुटबल खेल र खेलाडीहरुमा कुनै दुर्घटना नहोस् " प्रेस विज्ञप्ति भनिएको छ । मनाङले कीर्तिमानी आठ पटक, एन आर टीले पाँच पटक र संकटा र थ्री स्टारले समान तीन पटक शीर्ष डिभिजन लिगको उपाधि जितिसकेको

नेपाल र मसिसबीच मैत्रीपूर्ण फुटबल खेल सुरु

काठमाडौं, १५ मा । नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरु भएको छ । खेल त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा भएको छ । अखिल नेपाल फुटबल संघले मैदानमा सीमित दर्शकलाई प्रवेश दिएको छ । तस्विर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

काठमाडौं मेयर ११ र कर्मचारी ११ बीचको फुटबल खेल बराबर

काठमाडौं : काठमाडौं महानगरपालिकाको २७ औं महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटबल खेल भएको छ।महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गरेका जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गरेका कर्मचारीको टिमबीचको खेल ३-३ गोलको बराबरीमा टुंगिएको हो। दशरथ रंगशालामा सोमबार भएको खेलको सुरुमा कर्मचारीको टीम हावी भएको थियो। खेलको सुरुवातमै कर्मचारीका तर्फबाट सीमन केसीले पहिलो गोल गरेर अग्रता दिलाएका थिए।त्यसको

‘फुटबल खेल बचाउनका लागि’ युरोपियन सुपर लिग : पेरेज

काठमाडौं। रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले युरोपियन सुपर लिग ‘फुटबल खेल बचाउनका लागि’ निर्माण गरिएको बताएका छन्। खेलको गुणस्तर खराब भएर युवाहरू आर्कषित नभएकाले यस्तो परिवर्तन गरिएको उनले बताए। “जहाँ कहिल्यै परिवर्तन हुन्न, त्यहाँ मानिसहरू सधैँ विपक्षमा हुन्छन्,’ पेरेजले भने। स्पेनका तीन, इङल्यान्डका छ र इटालीका तीन क्लबले संयुक्त रूपमा युरोपियन सुपरलिगको घोषणा गरेपछि यसबारे विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहेको छ।

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

काठमान्डाैं / त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने... The post आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने appeared first on Purbeli News.