काठमाडौं : काठमाडौं महानगरपालिकाको २७ औं महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटबल खेल भएको छ।महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गरेका जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गरेका कर्मचारीको टिमबीचको खेल ३-३ गोलको बराबरीमा टुंगिएको हो। दशरथ रंगशालामा सोमबार भएको खेलको सुरुमा कर्मचारीको टीम हावी भएको थियो। खेलको सुरुवातमै कर्मचारीका तर्फबाट सीमन केसीले पहिलो गोल गरेर अग्रता दिलाएका थिए।त्यसको