‘फुटबल खेल बचाउनका लागि’ युरोपियन सुपर लिग : पेरेज

काठमाडौं। रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले युरोपियन सुपर लिग ‘फुटबल खेल बचाउनका लागि’ निर्माण गरिएको बताएका छन्। खेलको गुणस्तर खराब भएर युवाहरू आर्कषित नभएकाले यस्तो परिवर्तन गरिएको उनले बताए। “जहाँ कहिल्यै परिवर्तन हुन्न, त्यहाँ मानिसहरू सधैँ विपक्षमा हुन्छन्,’ पेरेजले भने। स्पेनका तीन, इङल्यान्डका छ र इटालीका तीन क्लबले संयुक्त रूपमा युरोपियन सुपरलिगको घोषणा गरेपछि यसबारे विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहेको छ।

सम्बन्धित सामग्री

युनाइटेडका सहअध्यक्ष ग्लेजरले समर्थकलाई सम्बोधन गर्न मानेनन्

काठमाडौं। म्यानचेस्टर युनाइटेडका सहअध्यक्ष अब्राम ग्लेजरले युरोपियन सुपर लिग प्रकरण र त्यसपछि ओल्ड ट्राफोर्डमा भएको विरोध प्रदर्शनका विषयमा समर्थकलाई सम्बोधन गर्न अस्वीकार गरेका छन्। अब्राम अहिले पारिवारिक जमघटका लागि अमेरिकामा छन्। युरोपियन सुपर लिगमा खेल्न सहमत भएको भन्दै युनाइटेड समर्थकले रंगशालाको मैदानमै छिरेर विरोध गरेका थिए। साथै खेलाडी बसेको होटलअगाडि पनि विरोध गरेपछि लिभरपुलविरुद्धको खेल स्थगित भएको थियो।

समर्थकको विरोध प्रदर्शनले युनाइटेड र लिभरपुलबीचको खेल स्थगित

एजेन्सी। समर्थकहरूको विरोधका कारण म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित भएको छ। क्लबका मालिक ग्लेजर परिवार स्वामित्वको विरोधमा युनाइटेड समर्थकले रंगशाला र खेलाडी बसेको होटल आगाडि प्रदर्शन गरेका थिए। युनाइटेडले युरोपियन सुपर लिग खेल्न समर्थन गरेको भन्दै समर्थकले विरोध गरेका हुन्। युनाइटेड र लिभरपुलबीचको खेल गएराति ९ः१५ बजे हुने तय थियो।