जिटुजीमार्फत तत्काल मल नआउने : धान रोपाइँ करिब ६० प्रतिशत सकियो, तर ४० प्रतिशत किसानले मल पाएनन्
सरकारले भारतबाट जिटुजीमार्फत ल्याउन लागेको मल तत्काल आउने सम्भावना टरेको छ । जिटुजी (सरकार–सरकार) प्रक्रियामार्फत मल खरिदका लागि बजेटको सुनिश्चितता, सार्वजनिक खरिद नियमावली, प्रतीतपत्र र खरिद करका विषयलगायत द्विविधाहरू अझै कायमै...
काठमाण्डाै – देशभर अहिलेसम्म झन्डै २७ प्रतिशत धान रोपाइँ भएको छ ।
गएकाे वर्ष असार २१ गतेसम्म झन्डै ४० प्रतिशत रोपाइँ भएकोमा यस वर्ष झन्डै १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।
प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीवारसम्म झन्डै २७ प्रतिशतमात्र रोपाइँ भएको उहाँले बताउनुभयो । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो ।
आउँदाे साउन १५ गतेसम्म सामा...
कैलाली । रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो ।
कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए । पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ ।
“रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएका ठाउँमा किसानले बोरिङ पम्पिङसेटबाट पानी तानेर पालौपैँचो गरी रोपाइँ धमाधम गरिरहेका छन्”, निर्देशनालयका निर्देशक जोशीले भने, “धान मुख्य खाद्यान्न बाली भएकोले कम्तिमा पनि एक दिन किसानको धान रोपाइँमा सबैले सघाउनु जरुरी भइसकेको छ ।”
सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ ।
यस्तै डोटीमा १० हजार छ सय ७०, डडेलधुरामा छ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ ।
प्रदेशमा ७३ हजार छ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ । धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ । कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा नेपाली समाजमा धानको महत्त्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएकाले यसको उत्पादन र उत्पादकत्व वृद्धिमा सबैको सक्दो सहयोग खाँचो औँल्याउँछन् ।
मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुन सकेको छैन । पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ गतेसम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोगकिराको समस्या देखा पर्नसक्ने कृषि प्राविधिकको भनाइ छ । रासस
सिन्धुली । सिन्धुली जिल्लामा किसानहरूले खेती लगाउने मलको अभाव भएको अवस्थामा पनि मलबिना नै ४० प्रतिशत धान रोपाइँ सकिएको छ । लगातार मौसमी वर्षा भइरहेको र धानको बीउसमेत ब्याडमा छिपिंदै गएको अवस्थामा स्थानीय किसानहरूले मलको पर्खाई छाडेर धान रोपाइँ गरेका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रमुख नवराज महतका अनुसार जिल्लामा गत फागुन […]
काठमाडौँ । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०–४० प्रतिशत, कैलाली र बाजुरामा ३५–३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको […]
काठमाडाैँ- डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०-४० प्रतिशत, कैलाली र बाजुरामा ३५-३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ। […]
काठमाण्डाै - देशभर अहिलेसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको छ । गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिन असार १५ सम्म थप साढे दुई प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।
विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।
सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक वि...
बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भए पनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाइ गर्दा प्रतिघण्टा ४०० रूपैयाँदेखि ५०० रूपैयाँ खर्च किसानहरूले व्यहोर्नु परेको छ ।बाँके र बर्दिया जिल्लामा अह...
समयमै पानी परेका कारण यस वर्ष असार १५ अगावै बाँकेमा ४० प्रतिशत धान रोपाइँ सकिएको छ । सिँचाइ सुविधा नहुँदा हरेक वर्ष आकासे पानीको भरमा खेती गर्न बाध्य बाँकेका कृषकहरुले यस वर्ष भने समयमै धान रोपाइँ सुरु गरेका छन् । लकडाउनका कारण कृषकहरु फुर्सदिला भएका बेला समयमै पानी पर्नुका साथै कृषिमा यान्त्रिकरणको प्रयोग बढ्दै गएकाले यस वर्ष धान रोपाइँले तीव्रता पाएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म ४० प्रतिशत रोपाइँ सकिएको छ ।
धान रोपाइँका लागि उपयुक्त मानिने वर्षातकाे समय असार १५ बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरूमा धान रोपाइँ गरिएको हो । यसवर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको अधिकांश ठाउँमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
अन्नको भण्डार मानिने प्रदेश–१ मा हालसम्म करिब ५७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
विशेषगरी झापा, मोरङ र सुनसरी धान उत्पादनका लागि उर्बर मानिन्छ । कृषि विकास निर्देशनालय विराटनगर प्रदेश नम्बर १ का कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले हालसम्म प्रदेश नम्बर १ मा ५६ दशमलब ७४ प्रतिशत रोपाइँ भएको जानकारी दिए । सबैभन्दा बढी ताप्लेजुङमा ७५ प्रतिशत रोपाइँ भएको छ । यस्तै मोरङमा ५० प्रतिशत, झापामा ७० र सुनसरीमा ४० प्रतिशत रोपाइँ भएको कार्यालयले जनाएको छ । असार अन्तिम साता वर्षा भएपछि किसानले राहत महसुस गरेका थिए ।