समयमै पानी परेका कारण यस वर्ष असार १५ अगावै बाँकेमा ४० प्रतिशत धान रोपाइँ सकिएको छ । सिँचाइ सुविधा नहुँदा हरेक वर्ष आकासे पानीको भरमा खेती गर्न बाध्य बाँकेका कृषकहरुले यस वर्ष भने समयमै धान रोपाइँ सुरु गरेका छन् । लकडाउनका कारण कृषकहरु फुर्सदिला भएका बेला समयमै पानी पर्नुका साथै कृषिमा यान्त्रिकरणको प्रयोग बढ्दै गएकाले यस वर्ष धान रोपाइँले तीव्रता पाएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म ४० प्रतिशत रोपाइँ सकिएको छ ।