प्रदेश नम्बर २ को सरकारले मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार आजै साझ शपथग्रहण हुने भएको हो । मुख्यमन्त्री लालबाबु राउतले आजै काँग्रेससँगै माओवादी केन्द्रलाई पनि सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्न लागेका हु्न् । काँग्रेसलाई ३ वटा मन्त्रालय र माओवादीलाई पनि २ वटा मन्त्रालय दिने सहमति भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए अनुसार रामसरोज यादवको न