नेपाल राष्ट्र बैंकले पीएचपी सफ्टवेयरसँग सम्बन्धित साइबर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै गुनासो सुनुवाइ पोर्टलसहित चार अनलाइन प्रणालीका सेवा अस्थायी रूपमा बन्द गरेको छ। केन्द्रीय बैंकले कात्तिक ९ गते जारी गरेको सूचनाअनुसार गुनासो सुनुवाइ पोर्टल, नेपाल क्लियरिङ एन्ड ट्रान्जेक्सन सिस्टम (एनसीटीएस), लेटर अफ क्रेडिट (एलसी) र एफएक्सओएल प्रणालीसम्बन्धी सेवा रोकिएका हुन्। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर […]
काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) का नवनियुक्त कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरेले मंगलबार पदबहाली गरेका छन्। लामो समयदेखि रिक्त रहेको प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नियुक्त भएका पूर्वसचिव घिमिरेले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्। पदबहालीका अवसरमा प्रतिष्ठानले आयोजना गरेको स्वागत कार्यक्रममा पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। घिमिरेसामु प्रतिष्ठानको […]
काठमाडौँ । भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा रु. डेढ करोड आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ । फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायबाट संकलित ९९ हजार ६४ अमेरिकी डलर सहयोग संकलन गरिएको थियो । उक्त रकमबाट बैंक […]
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका दुई आधारभूत सेयरधनीले कुल २ लाख कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका छन्। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको सूचनाअनुसार आधारभूत सेयरधनी बिन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले समान एक–एक लाख कित्ता सेयर बिक्री गर्न चाहेका हुन्। कम्पनीका अनुसार उनीहरूले आफूले धारण गरेको सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने […]
सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ।
On August 30, marking the International Day of the Disappeared, the Kumbharadda Disappeared People’s Memorial Park inaugurated a 100-day exhibition featuring