अप्पर लोहोरे खोलाका दुई आधारभूत सेयरधनीले २ लाख कित्ता सेयर बेच्ने

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका दुई आधारभूत सेयरधनीले कुल २ लाख कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका छन्। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको सूचनाअनुसार आधारभूत सेयरधनी बिन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले समान एक–एक लाख कित्ता सेयर बिक्री गर्न चाहेका हुन्। कम्पनीका अनुसार उनीहरूले आफूले धारण गरेको सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने […]