काठमाडौँमा अझै तीन घण्टा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र कोरिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  “पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाले बिहान ५ […]

सम्बन्धित सामग्री

सोलुखुम्बुमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्ला तीन घण्टा सोलुखुम्बुको पेकर्नास र आसपास भारी वर्षा मापन गरिएको छ । सोलुखोलाको साल्मेमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सोलुखोलाको दूधकोसी दोभानसम्मको नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मेलम्ची तटीय क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पूर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिए। तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बस

कास्कीको घलेखर्क क्षेत्रमा भारी वर्षा, बिहानैसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीको घलेखर्क वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सोमबार राति ९ बजेतिर गरिएको मापनमा पछिल्लो तीन घण्टा घलेखर्क आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने ‍भएकाले मंगलबार बिहानैसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको...

विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो एक घण्टा विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिटले बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कैलाली र कास्कीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

आइतबार कैलाली आसपास केही स्थानमा भारी वर्षा भई कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेका  बाढी पूर्वानुमान महाशाखाले  जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।त्यस्तै कास्कीको लुम्ले र जुमलेटी बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन

कास्की र कैलालीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ - कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आगामी ३ दिन कोशी, नारायणी, कमला...

कास्कीमा भारी वर्षा : बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएरातिदेखि लगातार पानी परेको छ । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह बढ्नसक्ने, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने पूर्वान...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन विभागको आग्रह

जेठ ३०, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।  यस वर्ष नेपालमा शुक्रवारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ ।  मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ । विभागले शनिवार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जानकारी दिएको छ ।  त्यस्तै, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आँकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेका छन् । विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जानकारी दिएको छ ।  विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सैं घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ । साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्प्रेण गर्ने गरेको छ । रासस