काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएरातिदेखि लगातार पानी परेको छ ।
कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ ।
आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह बढ्नसक्ने, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने पूर्वान...