मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन विभागको आग्रह

जेठ ३०, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।  यस वर्ष नेपालमा शुक्रवारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ ।  मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ । विभागले शनिवार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जानकारी दिएको छ ।  त्यस्तै, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आँकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेका छन् । विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जानकारी दिएको छ ।  विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सैं घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ । साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्प्रेण गर्ने गरेको छ । रासस

सम्बन्धित सामग्री

आज यी क्षेत्रका खोलानदीमा बाढीपहिरोको जोखिम

काठमाडौँ- नेपालमा मनसुनी याम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोलानदीमा अचानक बाढी आउनसक्छ । तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी […]

बाढीपहिराे जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पुर्‍यायो। वर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ। विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन्।...

शनिबारसम्म देशभर भारी वर्षा हुनसक्ने, बाढीपहिरोको जोखिम

काठमाडौं, १० भदौ । अबको तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको छ । देशभर शनिबार भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यून चाँपिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले अबको ३ दिन भारी वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ । विभागले भारी वर्षाको सम्भावना औल्याएपछि […]

सर्पको टोकाइबाट यसरी जोगिनूस्, टोकी हाले यसाे गर्नुहाेस्

कोरोना महामारी र बाढीपहिरोको विपद्का माझ सर्पदंशको जोखिम समेत बढ्दै गएको छ ।

बाढीपहिरोको जोखिम बढ्न सक्ने

अझै ३ दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै मौसम पूर्वानूमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षासँगै देशभर बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।बाढी पूर्वानुमान महाशाखाका अनुसार साउन ५ गतेसम्म महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्ने […]

आजको मौसमः यी प्रदेशमा छ चट्याङ र बाढीपहिरोको जोखिम

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो लुम्बिनी तथा गण्डकी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ।राति प्रदेश–२, गण्डकी,लुम्बिनी तथा सुदूरपश्चिममा वर्षाको सम्भावना छ। “पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ”, महाशाखाले भनेको छ।

यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो

काठमान्डाैं / यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने... The post यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो appeared first on Purbeli News.

यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो

यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने सरकारको छैन।यसअघि सरकारले २०७४ मा बाढीपहिरोजन्य जोखिम कम गर्न भन्दै नयाँ रणनीति तय गरेको थियो। जसमा सन् २०३० सम्म बाढीपहिरोको जोखिम पूर्ण कम गर्ने उद्देश्य राखिए प

मेलम्चीमा बाढीपहिरोको कारण बुझ्न विज्ञको टोली जाँदै

काठमाडौँ। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा आएको बाढीपहिरोको कारण बुझन आज विज्ञ टोली जाने भएको छ। ठुलो बाढी आउने गरी पानी नपरेको देखिए पनि अनपेक्षित रुपमा बाढी कसरी आयो भन्ने बारे बुझन स्थलगत अनुसन्धान गर्न विज्ञ टोली जान लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। बाढीपहिरो विज्ञ, सिँचाइ विभाग, खानी तथा भूगर्भ […]

बाजुराका सय गाउँमा बाढी पहिरोको जोखिम

लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो । त्यहाँ बसोबास गरिरहेका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने माग उठेको छ ।बाढी पहिरोका उच्च जोखिमा रहेका मध्य खप्तड छेडेदह गाउँपालिकामा १४ गाँउका ३ सय ३२ परिवार