झापाको दमकमा रहेको बिस्कुट तथा पाउरोटी उद्योगमा दमक नगरपालिकाले सिल गरेको छ । त्यहाँ उत्पादन भएका बिस्कुटहरु जफत गरी नष्ट गर्दै सो उद्योग सिल गरेको हो ।
काठमाडौं । नेपालमै बनेका सवारीसाधनले अब भने वैधानिक हैसियत पाउने भएका छन् । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा अड्चन फुकाएको हो । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्न मिल्ने व्यवस्था ल्याएको हो । यसअघि, सवारी दर्ता हुन यातायात तथा सवारी […]
रोजगारी सृजना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन, आर्थिक समृद्धि र कच्चा पर्दाथको प्रशोधन लगायतका उद्देश्यले उद्योग दर्ता गरिन्छ अर्थात् उद्योग खोलिन्छ । तर जुम्लामा भने अनुदानका लागि मात्रै उद्योग दर्ता गर्ने र नक्कली उद्यमी बन्ने गरेको पाइएको छ । अनुदानका लागि मात्रै उद्योग दर्ता गर्ने र अनुदान सकिएसंगै उद्योगमा ताला लगाई अर्कै अनुदान खोज्ने प्रवृत्ति हाबी […]
उद्योग दर्ताको पहिलो उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना हो । बढ्दो बेरोजगारीलाई कम गर्न, आयात प्रतिस्थापन, कच्चा पर्दाथको प्रशोधन तथा उत्पादन वृद्धिका लागि उद्योग कलकारखाना आवश्यक छ ।तर जुम्लामा उद्योग निर्वाहमुखी, नाफामुखी, व्यावसायिकमैत्री र उत्पादनमुखी भन्दा अनुदानमुखी उद्योग बढी छन् । अनुदान पचाउन उद्योग दर्ता गर्ने अनुदान सकिएसँगै उद्योग पनि बन्द गर्ने प्रवृत्तिले उत्पादन […]
जिल्लामा वार्षिक उत्पादन क्षमता पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार रुपैयाँ उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
मुलुकको निकासी व्यापार प्रवद्र्धनका लागि सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्ने क्रम बढ्न थालेको छ । हालसम्म निकासीजन्य चार उत्पादनको कलेक्टिभ ट्रेडमार्क दर्ता भइसकेको छ भने अन्य पाँच उत्पादन प्रक्रियामा रहेका छन् ।उद्योग विभागका अनुसार नेपाल जुट, नेपाल कार्पेट, कफी उत्पादक सहकारीहरुले प्रवद्र्धन गरेको कफी, जुजु धौ लगायत पाँचवटा अन्य उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता […]
जुम्लामा एक वर्षको अवधिमा एक हजारभन्दा बढी उद्योग दर्ता भएका छन् । गत आव ०७७-७८ मा जिल्लामा एक हजार ७६ वटा उद्योग दर्ता भएको सरकारी तथ्यांक छ । उद्योग दर्ताको संख्या बढेसँगै आयात रोकिने, कच्चा पदार्थको प्रशोधन गर्ने र उत्पादन बढनु पर्ने अवस्थामा जुम्लाको फलफूल, तरकारी, जडिबुटी, रैथाने बाली प्रशोधन हुन नसकी थन्किने अवस्था छ […]
न्यूनस्तर तथा दूषित खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा १०० व्यक्तिका नाममा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दर्ता भएका छन् ।
मानव स्वास्थ्यमा हानि पु¥याउने मासु, पानी, दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा कम्पनीका लगानी कर्ता तथा बिक्रेताका नाममा ती मुद्दा दर्ता भएका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने गरी उक्त वस्तुको उत्पादन तथा बिक्रीवितरण गरेको अभियोगमा खाद्य ऐन (तेस्रो संशोधन)...
सिरहामा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कृषि तथा वन्यजन्तुतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ नयाँ उद्योग दर्ता भएका छन् । सेवा उद्योगतर्फ कुटानी पिसानीका ११५, होटेल ११०, निर्माणका ९४, मोटरसाइकल मर्मतका ४५ र ढुवानीका ३५ उद्योग दर्ता भएका
‘एउटा कुरा मात्र नभई तीन वटा मिल्नुपर्ने कुराहरु नै नमिलेपछि दर्ता त्यो बेला मैले दर्ता गरिन। कम्पनीको कुनै पनि उत्पादनहरु नवीकरण नभएपछि थप अर्को उत्पादन दर्ता गर्ने प्रश्न नै आएन।’