जनता समाजवादी पार्टी (जसपा)मा ७० वर्षे उमेर हदको प्रस्ताव आएको छ । आइतबारदेखि काठमाडौंमा हुन लागेको विधान महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले पेस गर्ने प्रस्तावित विधानको मस्यौदामा ७० वर्षे उमेर हदको प्रस्ताव गरिएको छ । प्रस्तावित विधानमा धारा ८६ मा भनिएको छ, '७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउनेछैन ।'