सन् २०२१ को पहिलो पूर्ण चन्द्रग्रहण बुधबार भयो । यसमा विशेष कुरा के रह्यो भने बुधबार नै आफ्नो परिक्रमा पथमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक रह्यो । अर्थात् पूर्ण चन्द्रग्रहणको ब्लड मून ७ प्रतिशत ठूलो र १४ प्रतिशत चम्किलो सुपर मूनको अवतारमा देखियो । ६ वर्षपछि ब्लड मून र सुपर मून एकैपटक देखिएको हो ।यद्यपि, भारतमा पूर्ण चन्द्रग्रहण त देखिएन तर पूर्वोत्तरसहित केही हिस्सामा आंशिक ग्रहण देखियो । देशको बाँकी हिस्सामा ग्रहणको आंशिक छायाका कारण सुपर मून पूर्ण रुपमा रातो नदेखिइकन पहेँलो रङको देखियो ।चन्द्