टिकटकले अमेरिका बाहिर पनि स्टोरी फिचर ल्याउन परीक्षण गरिरहेको छ । अहिलेसम्म छोटो भिडियोको फिचर इन्स्टाग्राम, स्न्यापच्याट, युट्युब जस्ता एपले नक्कल गरिरहेका थिए र अब टिकटकले स्टोरीको फिचर आफ्नो एपमा ल्याउने लक्ष्य राखेको छ ।
कम्पनीले २४ घण्टा पछि हराउने खालको पोस्टको फिचर ल्याएको छ । यो फिचर अहिले जाँचकै चरणमा रहेकाले प्रयोगकर्ताहरुलाई मन नपरेमा एपमा नआउन पनि सक्छ ।...