ताप्लेजुङ – ताप्लेजुङमा खेलमैदानको अभावमा खेलकुद गतिविधि ठप्प छ । जिल्ला सदरमुकाम फुङलिङदेखि झन्डै सात किलोमिटर तल फुङलिङ नगरपालिका २ को तारिबुङमा बन्दै गरेको रङ्गशालामा करोडौँ रुपैयाँ खर्च भए पनि कहिले बन्ने भन्ने थाहा छैन । यो रङ्गशालामा केही माटो फ्याँक्नेबाहेक अरू काम हुन सकेको छैन ।
रङ्गशाला निर्माणको काम सुरु भएको चार वर्ष बित्न लागेको छ । अहिलेसम्म झन्डै तीन करोड रुपैयाँ खर्च भईसकेको छ । २०७६ सालमा प्रदेश सरकारले ६० लाख रुपैयाँ दिएर याङ्लीजुङ रङ्गशालाको काम सुरु भएको थियो । पछि सहरी विकास मन्त्र...