कास्की– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावनाअनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ आज आयोजित कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताए । नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दरिता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उनले आग्रह गरे । […]