एम्बुलेन्स चलाएर बिरामी अस्पताल पु-याउँदै वडाध्यक्ष

एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लाग्नुभएको छ । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी लिएर दिपायलस्थित शैलेश्वरी अस्पताल पु-याउनुभयो । खुल्लेककी ६५ वर्षीया राजकुमारी खड्का गाउँमा उपचार नपाएर छटपटाएपछि उहाँको उपचारका लागि वडाध्यक्ष खड्का आफैँले एम्बुलेन्स चलाएर ल्याउनुभएको हो । अस्पतालमा उपचार गर्न लैजाने गाडी नपाउँदा घरैमा बिरामले छटपटाउन थालेको खबर पाएपछि चालक नहुँदा आफैँले एम्बुलेन्स चलाएर बिरामी अस्पताल ल्याएको वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

सम्बन्धित सामग्री

भीमदत्त-८ तिलाचौरमा निःशुल्क एम्बुलेन्स

३१ साउन, काठमाडौं । भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौर गाउँमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । गाउँलेलाई बिरामी हुँदा सहज र सरल होस भन्ने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको भीमदत्त ८ का वडाअध्यक्ष मदनराज मिश्रले बताए । ‘सवारी साधनको अभावमा कोही पनि बिरामी अस्पताल पुग्ने सुविधाबाट बञ्चित नहुन भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरिएको […]

एम्बुलेन्स भाँडा महगो भएपछि सार्वजनिक गाडीमै अस्पताल जान्छन् बिरामी

गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्न चर्को मुल्य तिर्नुपरेको स्थानीयको भनाइ छ।

गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन

तम्घास- एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका छन् । तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो । तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ । अहिलेसम्म कुनै पनि […]

मनाङ अस्पतालमै छैन एम्बुलेन्स

मनाङ – जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ। एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन्। एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन्। पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ। पर्यटक तथा […]

बझाङमा पालिकाका एम्बुलेन्स थन्किए, जनप्रतिनिधि चढ्ने गाडी सधैँ सञ्चालनमा

बझाङ - बझाङमा पालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स लामो समयदेखि थन्किँदा बिरामीहरुलाई अस्पताल पुग्न समस्या भएको छ । कसैले नि:शुल्क त कसैले सस्तो दरमा बिरामी बोक्ने भन्दै एम्बुलेन्स सेवा सुरु गरेको भए पनि लामो समयदेखि एम्बुलेन्स थन्किएका छन् । अस्पतालले बिरामी रेफर गरेको पाँच दिनसम्म एम्बुलेन्स नपाएको तर गाउँपालिकाको एम्बुलेन्स थन्किएको केदार स्युँ गाउँपालिका वडा नम्बर ५ का कृष्णबहादुर गुर्धामीले बताउनुभयो । पाँच दिनअघि जन्मेको उहाँको बच्चालाई उपचारको लागि धनगढी अस्पताल लैजान जिल्ला अस्पताल बझाङले रेफर गरेको चार...

म्याग्दीमा बिरामी बोक्ने एम्बुलेन्स नै थन्किए

बिरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्स नै थन्किएर बसेका छन् । म्याग्दी सदरमुकाम बेनीस्थित बेनी अस्पताल परिसरमा दुईवटा एम्बुलेन्स अहिले मर्मत सम्भार अभावले जीर्ण बनेर थन्किबिरामीशाखालाई हस्तान्तरण गरिएको थियो । एम्बुलेन्सको मर्मत र सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएपछि जिल्ला शाखालाई हस्तान्तरण गरिएको रेडक्रस उपशाखा भुरुङ–तातोपानीका सभापति विष्णुकुमारी गर्बुजाले बताइन् । उक्त एम्बुलेन्सलाई […]

भेटिँदैनन् स्वास्थ्य संस्थामा एम्बुलेन्स

-गिरिराज नेपालीतुुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का भेषबहादुुर खत्री मंगलबार राति बिरामी परे । घरमा कुनै सवारी साधन थिएन । अस्पताल पुुर्याउन आपत पर्यो । खत्रीका भाइले वडाको एम्बुलेन्स चालकलाई सम्पर्क गरे । एम्बुलेन्स चालकले आफू प्रादेशिक अस्पतालमा रहेको जवाफ दिए ।उपमहानगर क्षेत्रका बासिन्दाका लागि बिरामी हुँदा अस्पताल जान एम्बुलेन्स नपाइने गरेको घटनाका शृङ्खला लामो भेटिन्छन् । स्थानीय तहका वडामा रहेका एम्बुलेन्सहरु ग्रामिण क्षेत्रमा प्रायः उपलब्ध हुँदैनन् ।स्थानीय सरकारले स्वास्थ्यचौकीहरुमा एम

डोकामा बिरामी, 'कोमा'मा एम्बुलेन्स

कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका-१३ रुंगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए।सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो । जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ। मर्मतमा कसैको ध्यान पुगेको छैन।मुगु सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद

अस्पताल जाने सडक नहुँदा सास्ती खेप्दै बिरामी

सुर्खेत : अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्या हुँदै आएको छ। सडकको पहुँच नभएपछि भेरी नदीको पारिपट्टि नै एम्बुलेन्स रोकेर स्ट्रेचरमा बिरामी राखेर लैजानुपर्ने बाध्यता रहेको छ।पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घन्टा समय खर्चनु पर्ने बाध्यता रहेको छ। अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ।सदरमुकामस्थित लामा लोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज

नगरपालिकाले दुई वटा एम्बुलेन्स किनिदिएपछि वडावासीमा छायो खुसी

रामेछाप – रामेछाप नगरपालिकाले वडा नम्बर एक र पाँचलाई एकएक वटा एम्बुलेन्स किनिदिएको छ । वडामा एम्बुलेन्स नहुँदा बिरामीको उपचारको लागि अस्पताल जान समस्या देखिएपछि एम्बुलेन्स किनेर दिएको हो । यसअघि एम्बुलेन्स नहुँदा सास्ती खेप्दै आएका रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरका नागरिकहरुले अब बिरामी पर्दा उपचारको लागि अस्पतालसम्म सहजै जान पाउने भएका छन् ।  रामेछाप नगरपालिकाले भन्सार छुटसहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैयाँमा दुईवटा एम्बुलेन्स खरिद गरि दुईवटा वडालाई मंगलबार हस्तान्तरण गरेको ह...