सुर्खेत : अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्या हुँदै आएको छ। सडकको पहुँच नभएपछि भेरी नदीको पारिपट्टि नै एम्बुलेन्स रोकेर स्ट्रेचरमा बिरामी राखेर लैजानुपर्ने बाध्यता रहेको छ।पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घन्टा समय खर्चनु पर्ने बाध्यता रहेको छ। अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ।सदरमुकामस्थित लामा लोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज