आईपीएल क्रिकेटमा आज पञ्जाब र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।   

सम्बन्धित सामग्री

आईपीएलमा लखनउ र हैदरावाद, पञ्जाब र दिल्ली खेल्दै

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

आईपीएल : राजस्थान र लखनउको जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स विजयी भएका छन्। शनिबार भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सकलाई ६ विकेटले हराउँदै राजस्थानले जित हात पारेको हो। मुम्बईको वान्खेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो। […]

लखनउसँग पञ्जाब पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले पञ्जाब किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा लखनउले पञ्जाबमाथि २० रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो। लखनउका लागि ओपनर क्विन्टन डी ककले…

आईपीएल क्रिकेट : पञ्जाब र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ। मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो। गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ&nb...