आईपीएल क्रिकेटमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ । पुणेमा गएराति भएको खेलमा काेलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको काेलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । काेलकाताका आन्द्रे रसेलले ४५ रन तथा सुनिल नारायणले २२ रन जोडे । लखनउका आभेश खान र जासन होल्डरले ३/३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।...

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स दिउँसो पौने ४ बजे अहमदावादमा खेल्दैछन् । गुजरात १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा तथा लखनउ १० खेलमा ११ अङ्कका साथ तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल जयपुरमा हुनेछ । राजस्थान १० खेलमा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा र हैदरावाद ९ खेलमा ६ अङ्कका साथ पुछारमा छ ।

आईपीएलः गुजरात शीर्ष स्थानमा, लखनउ ६२ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो। १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउले १३ ओभर ५ […]

आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ । अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ । लखनउ र गुजरात यो सिजनको आईपीएलमा नवप्रवेशी टोली हुन् । यसअघि भएको खेलमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।

आईपीएल २०२२ मा लखनउको सबैभन्दा ठूलो जीत

आईपीएलमा कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै लखनउ सुपर जाइन्ट्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । यो आईपीएल २०२२ मा रनको अन्तरले सबैभन्दा ठूलो जीत हो।पहिले ब्याटिङ गर्दै लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई जितका लागि १७८ रनको लक्ष्य दिएको थियो । जवाफमा कोलकाताको सम्पूर्ण टिम १०१ रन बनाएर आउट भयो । १७८ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीले २५ रन बनाउँदासम्म कप्तान श्रेयस अय्यर (६ रन) सहित सुरुका चार खेलाडी पभिलियन फर्किसकेका थिए ।ओपनर बाबा इन्दरजित खाता नखोलेर आउट

आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ । राजस्थान यसअघिका ४ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरातले पनि चार खेलमा ६ अङ्क जोडेको छ । गुजरात पाँचौँ स्थानमा छ । यसअघि गएराति भएको खेलमा पञ्जाब किङ्ग्स मुम्बईलाई १२ रनले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । अङ्कतालिका अनुसार कोलकाता नाइट राइडर्स ५ खेलमा ६ अङ्कका साथ दोस्रो, पञ्जाब किङ्ग्स तेस्रो र लखनउ चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा लखनउलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई तीन रनले हराएको छ। गएराति मुम्बईमा भएको खेलमा लखनउलाई हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । लखनउका क्विन्टन डी ककले ३९ रन, मार्कुस स्टोनिसले ३८, दीपक होडाले २५, क्रुनाल पाण्डेयले २२ र दुश्मन्था चामिराले १३ रन जोडे । राजस्थानका युजभेन्द्र चाहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले दुई तथा प्रसिद्ध कृष्ण र कुलदीप स...

लखनउलाई पराजित गर्दै राजस्थान आईपीएलको शीर्ष स्थानमा

२८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । आइतबार राति मुम्बइमा भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्रै बनायो । लखनउका क्विन्टन डी ककले ३९, दिपक होडाले […]

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा सुरु हुनेछ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ तीन खेलमा चार अङ्क जोडेर पाँचौँ स्थानमा छ । दिल्लीले दुई खेलमा दुई अङ्क जोडेको छ । दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको चार खेलमा ६ अङ्क छ।